
काठमाडौं । गत चैत ७ गते मंगलबार अन्नपूर्ण हेलिकप्टरका पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग ‘नेगेटिभ कम्युनिकेसन’ गरेका छन् ।
अन्नपूर्णका पाइलटले लुक्लालगायतका विमानस्थलको टावरसँग कुनै सूचना नदिएर हेलिकोप्टर ल्यान्ड गरेको हुन्, जसलाई नेगेटिभ कम्युनिकेसन भनिन्छ ।
उक्त कुरा थाहा पाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाइलटलाई ग्राउन्डेड गरेको छ । साथै, थप अनुसन्धान पनि गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा अरु दुई कम्पनीका पाइलटलाई पनि निलम्बन गरेको छ । एयर डाइनेस्टी र फिस्टल एयरका पाइलटलाई उडान सुरक्षा मापदण्ड उल्लंघन गरेपछि निलम्बन गरिएको छ ।

दुई एयरका पाइलटले चैत आठ गते निषेधित गरिएको पोखराको प्यारागलाडिङ क्षेत्रमा हेलिकोप्टर उडाएका थिए ।