site stats
अर्थ व्यवसाय
नेपाल–इटाली चेम्बर अफ कमर्सको अध्यक्षमा सञ्जय अग्रवाल
Himalayan Bank
Agni Group
Global bank

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इण्ड्रष्टिज्मा नयाँ कार्यसमिति चयन भएको छ । सञ्जय अग्रवालको अध्यक्षतामा २५ जनाको नयाँ कार्यसमिति चयन भएको हो ।

उक्त कार्यसमितिको उपाध्यक्षमा मनोज ज्ञवाली र अरनिको राजभण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा तीर्थबहादुर रोका र सचिवहरूमा रोम घिमिरे र मनोज श्रेष्ठ रहेका छन् । कोषाध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् ।

यो समितिले नेपालबाट इटालीमा हुने वैदेशिक व्यापारलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै यो देशसँग हुने व्यापरघाटा कम गर्न भूमिका खेल्ने पनि बताइएको छ । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताइएको छ ।   
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय