site stats
अर्थ व्यवसाय
नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा वृद्धि
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १५.७६ अंकले घटेर १९३३.२९को विन्दुमा झरेको छ । गएको सोमबार २२ अंकले बढेको नेप्से मंगलबार सार्वजनिक बिदाका कारण बन्द थियो ।

बुधबार २६६ कम्पनीका एक अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँबराबरको ३७ लाख ७७ हजार ४०० कित्ता सयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Himalayan Bank
Agni Group

सेन्सेटिभ इन्डेक्स पनि ०.६३ प्रतिशतले घटेर ३६१.९०को विन्दु कायम भएको छ ।

यस दिन १३ वटै उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक सर्वाधिक १.८७ प्रतिशतले ओरालो लागेको छ ।

Global bank

मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ कायम भएको छ । बोटलर्स नेपाल (तराई)को सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँले घटेर ११ हजार ७३२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्