site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्फोडेभलपर्सको क्लिक टु करियर कार्यक्रम सम्पन्न
Ghorahi CementGhorahi Cement

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा अग्रणी तथा स्थापित फिनटेक कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने उद्देश्यसहित आयोजना गरेको ‘क्लिक टू करिअर’ कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै क्लिक टु करियर सम्पन्न भएको घोषणा गरिएको हो । 

बजारमा देखिएको दक्ष आईटी जनशक्तिको खाडललाई कम गर्न सीपयुक्त आईटी तालिम दिने उद्देश्यले ४५ दिने लामो क्लिक टु करियर  कार्यक्रम सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले बताए ।

Agni Group

आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरुलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सिप, प्रशिक्षण, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्न इन्फोडेभलपर्सले क्लिक टु करियर कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपालमा पढाइ हुने आईटी शिक्षा विश्वस्तरीय भएको बताउँदै रघुवंशीले दक्ष जनशक्तिको कमी हुनुमा यहाँको संस्कार प्रमुख कारण भएको विचार व्यक्त गरे ।

Global Ime bank

असोजदेखि सुरू भएको क्लिक टु करियरमा करिब १५० जना सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिइएको थियो  । सहभागीमध्ये ३३ जनाले इन्फोडेभलपर्समै ट्रेनी/इन्टर्नसीपको रूपमा अवसर पाएका छन् । 

सूचना प्रविधि उद्योगलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्य राखि क्लिक टु करियर सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीओओ तथा कार्यक्रमका संयोजक डा. राजिव सुब्बाले बताए ।

६० घण्टासम्म प्रदान गरिएको यस तालिममा १५० सहभागीलाई इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले मेन्टरिङ्ग तथा मार्गदर्शन प्रदान गरेका थिए ।

क्लिक टु करियरका प्रशिक्षक प्रियंका अर्यालले तालिममा सहभागीहरू इन्फोडेभलपर्समा मात्र नभएर अन्य आईटी कम्पनीमा समेत अवसर पाएको बताइन् ।

प्रशिक्षण पश्चात रोजगारीको अवसर पनि दिने गरी सञ्चालन कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा, एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेश एनालिस्ट र फ्ल्टर लगायत तालिम प्रदान गरिएको थियो । 

क्लिक टु करियरमा सहभागी भइ हाल इन्फोडेभलपर्समा ट्रेनीको रूपमा कार्यरत सोनी मानन्धरले तालिम पश्चात सैद्धान्तिक ज्ञानलाई अभ्यासमा उर्तान निकै उपयोगी भएको बताइन् ।

यसैगरी तालिममा सहभागी इन्फोडेभलपर्समा ट्रेनीको रूपमा कार्यरत शिरिष मैनालीले कलेजमा पाइने सैद्धान्तिक ज्ञान र उद्योगको व्यवहारिक अभ्यासमा हुने दूरी कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स प्रा.लि. नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न प्रडक्ट  र परियोजनामा काम गरिरहेको कम्पनी हो । कम्पनीमा हाल ३५० बढीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC