site stats
देश
राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

काठमाडौं । राहदानी विभागले मंगलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ । 

Himalayan Bank
Dabur nepal
Agni Group

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए ।

उनले भने, “भोलि मंगलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।” 

Global bank

यसैगरी, विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय