राजनीति

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताए ।
उनले प्रधानमन्त्रीको विश्वासको मतलाई हार्दिकता र सामान्य रूपमा लिएको पनि बताए ।
त्यस्तै, कांग्रेस नेता जीवन परियारले नयाँ राजनीतिक घटनाक्रम अनुसार विश्वासको मत लिएको र अब सरकार सहज रूपमा चल्ने बताए । सरकारलाई अब गठबन्धन दलहरूले सहयोग गर्ने र पूर्णकालीन अवधिमा चल्न मद्दत गर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १८:४०
प्रतिक्रिया दिनुहोस्