site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको प्रतिज्ञा : विश्वासलाई ऊर्जामा परिणत गर्दै समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्छु
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको पक्षमा मतदान गर्ने सांसदहरुलाई आभार प्रकट गरेका छन् । 

आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि उनले विश्वासलाई ऊर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

“सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईँहरूले दिनुभएको विश्वासलाई ऊर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिज्ञा गर्दछु,” समाजिक सञ्जालमार्फत प्रचण्डले भनेका छन् । 

आज प्रतिनिधिसभामा मतविभाजन गर्दा पक्षमा १७२ मत पर्यो ।  विपक्षमा ८९ मत परेको छ । तटस्थमा एक मत पर्यो । आजको प्रतिनिधिसभा बैठकमा २६२ सांसद सहभागि थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro