site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली क्रिकेटर आसिफले जिते एमसीसीको प्रतिष्ठित अवार्ड
फाइल तस्बिर।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर आसिफ शेखले मेलबर्न क्रिकेट क्लब (एमसीसी)ले प्रदान गर्ने ‘दी २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ प्राप्त गरेका छन् । 

एमसीसी विश्वको सबैभन्दा सक्रिय क्रिकेट क्लब, विश्व क्रिकेटको घर मानिने लर्ड्स क्रिकेट मैदानको मालिक र क्रिकेट नियमको संरक्षक पनि हो ।

Himalayan Bank
Dabur nepal
Agni Group

बीबीसीसँगको सहयोगमा एमसीसीले क्रिकेट खेलाडीले देखाएको खेल भावनाअनुरुपको कार्यलाई यो अवार्ड दिने गर्दछ । नेपाली टिमका विकेटकिपरसमेत रहेका आसिफले सन् २०२२ को फेब्रुअरीमा भएको आयरल्यान्डसँगको खेलमा प्रस्तुत गरेको खेल भावनाको कारण एमसीसीले यो अवार्डबाट पुरस्कृत गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको उक्त खेलमा आयरल्यान्डका ब्याटर एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमलसिंह ऐरीसँग ठोक्किएर लड्न पुगेपछि आसिफले म्याकबर्नीलाई रन आउट गरेका थिएनन् ।

Global bank

खेलको १८ ओभरमा ११३–८ को अवस्थामा कमलले गरेको १९औँ ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन–स्ट्राइकबाट दौडिएका म्याकबर्नी कमलसँग ठोक्किएर लडेका थिए । 

कमल आफै पनि अनियन्त्रित हुँदा बल भने विकेटकिपर आसिफको तर्फ फ्याँकेका थिए । तर, कमलसँग ठोक्किँदा रन लिन ढिलो भएका कारण आसिफले म्याकबर्नीलाई रनआउट गरेनन् ।

आसिफको यही आर्दशतम् व्यवहारका कारण उनलाई विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि सन् २०२२ को ‘स्पिरिट अफ क्रिकेट’ अवार्डबाट सम्मानित गरेको थियो । आसिफ आईसीसीको यो अवार्ड पाउने पहिलो नेपाली क्रिकेटरसमेत बनेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय