प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२
सोमबार, चैत ६, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाएका छन् ।
आज प्रतिनिधिसभामा मतविभाजन गर्दा पक्षमा १७२ मत पर्यो । विपक्षमा ८९ मत परेको हो । तटस्थमा १ मत पर्यो । आजको प्रतिनिधिसभा बैठकमा २६२ सांसद सहभागी थिए ।