site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्को पुगेर चिनियाँ राष्ट्रपतिले भने– रुस चीनको विश्वसनीय साझेदार हो
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ मस्को पुगेका छन् । दुई दिने भ्रमणका लागि मस्को पुगेका उनी नेपाली समय अनुसार सोमबार अपराह्न साढे ४ बजे विमानस्थलमा छरेका हुन् ।

उनलाई विमानको भर्‍याङसम्मै 'रेड कार्पेट' बिछ्याएर स्वागत गरिएको छ । विमानबाट झरेपछि उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

"यो भ्रमण फलदायी हुनेमा म विश्वस्त छ । चीन–रुस सम्बन्धलाई थप गति दिनेछ," उनले भने ।

उनले दुई देशको सम्बन्धलाई 'विश्वसनीय साझेदार'का रूपमा पनि व्याख्या गरे ।

सीको रुसले युक्रेन आक्रमण गरेपछिको पहिलो मस्को भ्रमण हो । मस्को बसाइमा क्रममा राष्ट्रपति सीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग छलफल गर्नेछन् । 

पुटिनविरुद्ध अन्तरार्ष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेको केही दिनपछि चिनियाँ शीर्ष नेता मस्को पुगेका हुन् । 

बीबीसीबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro