
काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रभु साहले नेकपा (एमाले)ले सरकारको समर्थन फिर्ता लिनुको कारणबारे जवाफ दिनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले एमाले उपाध्यक्ष विष्णु पौडेलले दिएको जवाफले आफू प्रष्ट हुन नसकेको बताए ।
“एमालेले किन समर्थन फिर्ता लियो, मैले आजसम्म बुझ्न सकेको छैन । एउटा जिम्मेवार पार्टीले आएर बताउन सक्नुपथ्र्यो । तपाईंले किन समर्थन गनर््ुभएको थियो र फिर्ता लिनु भयो ?,” साहको प्रश्न थियो, “दलका नेताले बोल्नुभएन । त्यो दलका नेताको कुरा प्रष्ट बुझिनँ ।”
उनले राष्ट्रपति कांग्रेसले पाउनै नुहेन हो र ? भन्दै प्रश्न गरे । साहले एमालेले सभामुखले पाउँदा सबैले ताली बजाउनुपर्ने र कांग्रेसले राष्ट्रपति पाउँदा रुष्ट हुनुपर्ने अवस्था नरहेको बताए ।
नाफा घाटाकै हिसाब गर्ने हो भने प्रचण्डलाई समर्थन गर्दा प्राप्त भएको कुरा फर्काए राम्रो हुने उनले बताए । देशलाई सेन्टरमा राखेर सहमतिको बाटोबाट अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले भने, “नाफा घाटाकै खेल गर्ने हो भने जो सहमतिबाट जे चिज प्राप्त गर्नुभयो, समर्थन फिर्ता लिँदा त्यो पनि फिर्ता लिनुपर्दैन ? एउटा पसलमा सामान लिन्छौँ र पैसा दिन्छौँ, जब हामी पैसा फिर्ता लिँदा सामान फिर्ता लिनुपर्दैन ?”