site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिला भयो : सांसद भण्डारी
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरतसिंह भण्डारीले शान्ति प्रक्रियाको विषय तार्किक निष्कर्षमा पुग्नमा ढिलाइ भएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले विस्तृत शान्ति सम्झौता समस्या समाधान हुने बाटोमा गएको बताए ।

उनले मधेस आन्दोलन, थरुहट आन्दोलनलगायतका विषयमा राज्यले गरेका सम्झौताअनुसार झुटा मुद्दामा फसेका आन्दोलनकारी, राजबन्दीलाई छिटै व्यवस्थापन गर्नुपर्ने बताए । कानुनमा आवश्यक परिमार्जन गरेर राजनीतिक समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।

उनले यसअघि विश्वासको मत दिएर प्रतिपक्षमा बसेको र अहिले सत्तापक्षमा बस्न चाहेको बताए । निर्वाचनपछि देशको राजनीति स्वभाविक रुपमा नगए पनि स्थायित्वका निम्ति समर्थन गरेको बताए ।

पुरानै गठबन्धनमा फर्किएपछि आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro