site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन : अध्यक्ष केसी
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकार संसद्को ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको बताउँदै उनले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे । 

“हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन । सरकार भत्काउने, बनाउने देखिएको छ । अब पनि यही हो । संसदीय प्रणालीलाई स्वीकार गरेका छौँ, तर चलाउनै नसक्ने भयौँ,” उनले भने, “संसद्भित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो कि होइन ? पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने होइन ? तर, तेस्रो पार्टीलाई समात्दै हिँड्ने ? जनतालाई के भन्नुहुन्छ ?”

Global Ime bank

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए । आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पनि स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement