site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– राष्ट्रिय समस्या समाधानका लागि सर्वपक्षीय बहस थाल्नुस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानका लागि बृहत् सर्वपक्षी छलफल थाल्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ‘रोष्ट्रम’मा उभिएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो सुझाव दिएका हुन् ।

“प्रधानमन्त्रीज्यू, मैले यसअघि पनि सर्तसहितको समर्थन दिएर १५ बुँदामा सुझाव दिएका थिएँ । अहिलेको परिस्थिति आउँछ भन्ने संकेत मैले त्यस बेला नै गरेको थिएँ । किनभने, मैले राजनीति दलहरूको नाडी छामेको थिएँ,” नेता नेपालले भने, “गलत कुराको वैधानिकताका लागि दिएको दबाबमा मैले जवाफ पनि दिएको थिएँ । अब राष्ट्रिय समस्याको समाधान गर्नु आवश्यक छ ।”

सर्वपक्षीय छलफलबाट राष्ट्रिय समस्या सम्बोधनको प्रयास थाल्न सुझाव दिँदै उनले आयात रोकेर वा विकास निर्माण रोकेर विदेशी मुद्रा सञ्चिति गर्ने नीति बदल्न पनि सुझाव दिए ।

“प्रधानमन्त्रीज्यू, अब देशका समस्या समाधानका लागि बृहत् सर्वपक्षीय छलफल थाल्नुस् र निकासको बाटो खोज्नुस्,” उनले भने, “आयात रोकेर, विकास निर्माण रोकेर विदेशी मुद्रा सञ्चिति समाधान हुन सक्दैन ।”

उनले विकास निर्माणले रोजगारी सिर्जना गर्ने र अर्को ढंगबाट अर्थतन्त्रको व्यवस्थापन हुने भन्दै काम रोकेर मुद्रा सञ्चितिको अर्थ नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro