site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले राष्ट्रिय सहमतिबाट भाग्यो : सांसद पौडेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन् । जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमतिविपरीत अघि बढिरहेको उनको जिकिर थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमतअनुसार राष्ट्रिय सहमतिको कुरा गर्दा एमाले किन भागेको भन्दै प्रश्न समेत गरे ।

सहमतिको आधारमा मुलुकलाई अघि बढाउन सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई सँगै लिएर जाने प्रधानमन्त्रीको प्रस्ताव स्वाभाविक भए पनि एमालेले त्यसलाई लत्याएको उनको भनाइ थियो ।

राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप उनले लगाए ।

संसद् विघटन गर्न नहुने सर्वोच्च अदालतको आदेशलाई नमान्ने कुरा एमालेबाट फेरि आएपछि आफूहरूले सो पार्टीसँगको गठबन्धन छोड्ने अवस्था आएको उनले दोहोर्‍याए ।

सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरूबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro