
काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार ठिक बाटोमा हिँडेदा हिँड्दै नेकपा (एमाले)सहितका राजनीतिक दल हाम फालेर भागेको आरोप लगाएको छ ।
जसपा सांसद प्रदीप यादवले प्रचण्डले एक्सप्रेस रेल चलाइरहेको र एमालेसहितका दल त्यही रेलमा यात्रा गरिरहेकोमा कांग्रेस आएको देखेपछि हाम फालेर भागेको बताए ।
उनले भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एक्सप्रेस ट्रेन चलिरहेका थियो । त्यहाँ धेरै सवार थिए । कोही एसीमा, कोही समान्य डब्बामा थिए । जब नेपाली कांग्रेस पनि आयो, त्यो देखेपछि केही दल हाम फालेर भागे ।”
उनले देशको आर्थिक अवस्था जर्जर बनिरहेको र राष्ट्रिय सहमति आवश्यक भएको भन्दै प्रधानमन्त्रीले त्यही भन्दा एमाले भागेको बताए ।