site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिङ्देनको आरोप : प्रचण्डले ड्राइभरले जस्तै गाडी फेरे 
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाडी चलाउने ड्राइभरले जागिर छोडेझैँ गरेको आरोप लगाएका छन् । 

प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिएका अध्यक्ष लिङ्देनले एउटा गाडी चलाउँदा चलाउँदै प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भनेको बताए ।
 
“प्रधानमन्त्रीज्युलाई नयाँ गाडी हाक्ने जिम्मेवारी दिएको थियो । गाडी पनि हाइड्रोजन गाडी नै थियो,” लिङ्देनले भने, “तर, प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भन्नुभयो, हामीले के भन्ने ?” 

Agni Group

उनले आफूहरुले धोका दिएको नभएर प्रधानमन्त्रीले नै धोका दिएको बताए ।

“हामी त तपाईँलाई अघि लगाएर देशको मुहार बदल्न प्रतिबद्ध थियौँ । तर, तपाईँ पुरानै गठबन्धन भनेर फर्कनुभयो । अलिकति भए पनि नैतिकता बाँकी राखौँ भनेर हामी त त्यही दिन सरकारबाट बाहिरिरिएर समर्थन फिर्ता लिएका थियौ,” लिङ्देनले भने, “हामी बाहिरिएर सरकारले आशातीत सफलता हासिल गरेन भन्नुभयो । धेरै कामहरु त हामी हुँदै भएका छन् नि !”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC