
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय सुनाएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका नेता डोलप्रसाद आचार्यले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने गरी विश्वासको मत दिन लागेको जानकारी दिए ।
“गुण र दोषको आधारमा हामी सरकारलाई विश्वासको मत दिन्छौँ । हामीले दिने विश्वासको मत भोलिका दिनमा फेरिनै नसक्ने कबुलियत नामा होइन,” अर्यालले भने, “दलीय खिचातानी र एकार्काका टिप्पणी र आलोचना छोडेर जनताका काम गर्ने वातावरण निर्माणमा यो सरकार लागोस् भन्ने हाम्रो चाहना छ ।”
उनले केही गरौँ भन्ने चाहना राख्नेहरूको समूह देखेर आफ्नो पार्टीलाई जनताले मत दिएको भन्दै अब पनि निरन्तर काम गरेर जनताको विश्वास जित्ने प्रयास गर्ने बताए ।