site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित
Tiktok banner adTiktok banner ad

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा (एमाले)निकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । कुल सात हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा दुई हजार ६८१ मत खसेको थियो ।

स्ववियु अध्यक्ष पदमा अनेरास्ववियुका उमेदवार दुर्गाबहादुर एमसी १२ सय १४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ मत पाए । नेपाल विद्यार्थी संघका सागर पौडेलले ४७४ मत ल्याए ।

सचिव पदमा नीलकण्ठ पाण्डेय, कोषाध्यक्षमा शशांक बस्याल निर्वाचित भएका छन् । सदस्य पदमा नवीन खनाल, सूचना भण्डारी, सुनील कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले निर्वाचित भए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro