
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यति छिट्टै फेरि विश्वासको मत लिनुपर्ला भन्ने नसोचेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा पुस २६ गते अभूतपूर्व रुपमा पाएको विश्वासले त्यस्तो नलागेको बताए ।
सरकार अर्थतन्त्रको सुधार, सेवा प्रवाहमा सवलीकरणमा क्रियाशिल रहेको अवस्थामा फेरि मत लिनुपर्ने अवस्था आएको बताए ।
“फेरि यति छिट्टै विश्वासको मतका लागि संसद्सँग अनुरोध गर्ने अवस्था आउला भन्ने सोचेको थिइन् । राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं,” उनले भने ।
सरकारले जनतामा एक स्तरको आशा जगाएको बताए । राष्ट्रपतिमा आफूको प्रस्तावपछि राप्रपा र एमालेले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि नीतिका कारण मत लिनुपरेको बताए ।