राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपति पदमा सहमति हुन नसके पनि आफ्नो सहमतिको पहलकदमीमा कुनै खोट नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैभन्दा ठूलो पार्टीलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वीकार नगरेको बताए ।
“सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर मैले नेकपा (एमाले)का अध्यक्षसँग ठोस प्रस्ताव राखेको थिएँ । तर, उहाँ सहमति नहुँदा त्यो सफल हुन सकेन,” उनले भने, “सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति ल्याउने कुरा सम्भव भएन । तर, प्रधानमन्त्रीका रूपमा मैले लिएको पहलकदमीमा खोट थिएन ।”
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १३:३१
प्रतिक्रिया दिनुहोस्