site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउन सक्छ : अर्थविद् पोखरेल
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्थविद् डा. गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । 

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गरेका हुन् । 

Agni Group

उनले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागिसमेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए । दल र नेता स्वार्थकेन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाइ छ । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका अर्थविद् डा.पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए । नेताहरूमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरूमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको दाबी गरे । 

Global Ime bank

“हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । हाम्रो चालु खर्च तलब, भत्ता, पेन्सनहरू दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा पुगेका छौँ,” उनले भने, “देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक यस आर्थिक वर्षमा करिब २०० अर्ब घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ।”

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको बताए ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC