राजनीति
स्ववियुको निर्वाचन चैत १२ भित्र सक्न उपकुलपतिको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले कार्यालयले आज स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरूमा चैत १२ भित्र निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।
आइतबार साँझ विज्ञप्ति जारी गरेर उपकुलपति बाँस्कोटाले चैत १२ देखि परीक्षा सञ्चालन गर्ने तालिका रहेकाले त्यसअगावै स्ववियु गठन गर्न आग्रह गरेका हुन् ।
"स्ववियुलाई हारजित नसम्झी, आपसी समझदारी गरी विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न अनुरोध गर्दछु," विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंसहित देशका विभिन्न क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुन सकेन ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ २१:४७
प्रतिक्रिया दिनुहोस्