site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । संसद्मा राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । राष्ट्रिय व्यक्तित्वदेखि पूर्वविशिष्ट व्यक्तित्वको मर्यादा, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगको विधि निर्धारण हुनुपर्ने भन्दै राष्ट्रियसभा सदस्यहरूले गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।

कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले विशिष्ट पदाधिकारीदेखि पूर्वविशिष्टहरूको सम्मानका विषयमा विवाद हुने गरेकाले आफूहरूले कानुनको आवश्यकता ठानेर विधेयक दर्ता गरेको बताए ।

“एउटा त विशिष्ट पदाधिकारीदेखि पूर्वविशिष्टहरूको सम्मानका विषयमा लगातार विवाद हुँदा त्यसलाई कानुन नै बनाएर सम्बोधन गर्नुपर्छ भन्ने सन्देशसहित कानुन निर्माणको बाटो समातेका हौँ । अर्को राष्ट्रिय झण्डा र राष्ट्रिय गानसम्बन्धी व्यवस्था पनि होस् भनेर हामीले मेहनत गरेका छौँ,” कांग्रेसका राष्ट्रियसभा सदस्य रहेका प्रकाश पन्थले बाह्रखरीसँग भने, “अर्को, संसद्ले बिज्नेस नपाइरहेका बेला हामी सांसदहरूले नै बिज्नेस सिर्जना गरेर काम गर्न सकिन्छ भनेर पनि सन्देश दिन खोजेका हौँ ।”

विधेयकले सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समेटिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, डा. वेदुराम भुसाल, रमेशजंग रायमाझी, शेखर कुमार सिंहलगायतले विधेयत दर्ता गराएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro