site stats
अर्थ व्यवसाय
नेप्से सामान्य अंकले घट्यो, कारोबार एक अर्बमाथि
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो गरेको छ । नेप्से ६.९० अंकले घटेर १९२६.४० को विन्दुमा झरेको छ ।

यस दिन २५९ कम्पनीको एक अर्ब ६ करोड ९८ लाख चार हजार ८२५ रुपैयाँबराबरको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।

S.A.U
Agani Group

सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले घटेर ३६३.२६ को विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ ।

Global bank

यस्तै, हाइड्रोपावर उपसमूहको ०.२७, लगानी उपसमूहको ०.२५ प्रतिशत, ट्रेडिङ उपसमूहको ०.१२ प्रतिशत र निर्जीवन बिमा उपसमूहको परिसूचक ०.०३ प्रतिशते बढेको छ । म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक १.१७ प्रतिशतले घटेको छ ।

आइतबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र शिवम् पावर लिमिटेडको पनि सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । सानिमा ग्रोथ फन्डको सर्वाधिक ८.५६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय