site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
स्ववियु निर्वाचन : १४ वर्षपछिको उत्साह (तस्बिरहरू)
तस्बिरहरू : रासस ।

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियाअन्तर्गत मतदान जारी छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखियता नियमित हुन सकेको थिएन । 

१४ वर्षपछि तोकिएको निर्वाचन प्रक्रियाअन्तर्गत आज भइरहेको मतदान प्रक्रियामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता छ ।  मतदानका लागि बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् ।  

देशभरिका आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । केहि क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । 

सरकारले विश्वविद्यालयमा क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 

Global Ime bank

Swobiu nirbachan 31679210275.jpg

Swobiu nirbachan 21679210274.jpg
Swobiu nirbachan 11679210274.jpg

Swobiu nirbachan 41679210275.JPG

Swobiu nirbachan 21679210274.jpg

Swobiu nirbachan 51679210276.jpg

Swobiu nirbachan 61679210277.jpg

Swobiu nirbachan 71679210278.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu