site stats
राजनीति
संवैधानिक परिषद् र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी विधेयक पेस गर्दै प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पहिलो अधिवेशनको १४औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

Agani Group

सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् ।

Global bank

उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूची पढ्नोस्–

Schedule-HR1679152602.jpg

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०५:२५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय