site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभामा समानुपातिक प्रणाली व्यवस्था गर्न सकिन्छ : नेता केसी
Tiktok banner adTiktok banner ad

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रियसभामा समानुपतिक प्रणाली व्यवस्था लागु गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले निर्वाचन प्रणालीमा बहस गर्नुपर्ने अवस्था आएको बताए । 

अहिलेको समानुपातिक पद्दतिले नेतृत्वका वरपरका मान्छेले मात्र अवसर पाएकाले प्रतिस्पर्धात्मक समानुपातिकको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

“निर्वाचन पद्दतिमा गम्भीर रुपले सोच्नुपर्ने आवश्यकता छ । समानुपातिकमा जनतासँग पटक्कै सरोकार नभएका र नेतृत्वको वरपर घुम्ने मान्छेले अवसर प्राप्त गर्ने हुन्,” केसीले भने, “ठिक छ, समानुपातिकरुपले प्रतिनिधित्व गराउनुपर्छ भने पनि निर्वाचनको माध्यमबाट होस् समानुपातिकको लागि छुट्टै क्षेत्रको व्यवस्थापन हुनुपर्छ ।”

केसीले सरकार निर्माणमा उपप्रधानमन्त्रीको हुल बनाउने कुरा गलत भएको बताउँदै मन्त्रिपरिषद् गठनमा संविधानले सीमा तोकेको भए पनि उपप्रधानमन्त्रीको हुल बनाउने क्रम बढ्दै जानु गलत भएको टिप्पणी गरे ।

“पहिले कहिले ४९ कहिले ५९ जनासम्म मन्त्री भएको इतिहास छ । अहिले संविधानले त्यसलाई सीमावद्ध गरिदिएको छ, त्यो राम्रो पक्ष छ,” उनले भने, “यो उपप्रधानमन्त्रीको हुल जुन ढंगले गर्ने परम्परा चलेको छ, त्यो चाहिँ गलत हो ।”

नयाँ गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम कस्तो आउला भनेर जनताले पर्खेर बसेको भन्दै उनले जनताका समस्या सम्बोधन हुने खालका कार्यक्रम आउनुपर्ने उल्लेख गरे । कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा प्रधानमन्त्रीले विश्वासको मत लिएर पार्टीको बैठक बसेपछि टुंगो लाग्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro