site stats
बाह्रखरी :: Baahrakhari
देश
जिल्ला प्रशासन कार्यालय मोरङले तोक्यो निषेधित क्षेत्र
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ । प्रदेशको नाम कोसी प्रदेश नामांकरण भएपछि असहमत विभन्न समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्नेभन्दै प्रशासनले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधित क्षेत्र तोकेको हो । 

जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार मिति भोलि (आइतबार) बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । 

उक्त स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न पाइने छैन । निषेधित क्षेत्र उल्लंघत गरे प्रचलित कानून वमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 
koshi1679119181.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्