site stats
साहित्य
ज्योति जङ्गलको कवितामाथि विमर्श 

काठमाडौं । कवि ज्योति जङ्गलको कविताकृति ‘आधा शिर उचालेर’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । 
 
विराटनगरस्थित आरोहण गुरुकुलमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले कवितासङ्ग्रहमाथि आफ्नो दृष्टिकोण राखेका थिए । 

कार्यक्रममा साहित्यकारहरू दधिराज सुवेदी, विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कविताकृतिबारे बोलेका थिए । 

S.A.U
Agani Group

कवि रमेश सायनको सहजीकरणमा साहित्यकार सुवेदीले नारी संवेदनामा आधारित स्नेहयात्मक विद्रोही चेतका कविता रचना गर्दै जीवन, समाज र प्रकृतिलाई सुन्दर रूपमा प्रस्तुत् गरेको उल्लेख गरे । 

साहित्यकार पोखरेलले सङ्ग्रहमा ग्रामीण जनजीवनका भाव र विम्बलाई कलात्मक रूपमा प्रस्तुत गरिएको चर्चा गरे । कवि शुभलक्ष्मी लम्सालले कवि ज्योतिले नारी विद्रोहलाई सुन्दर ढङ्गबाट कवितामा प्रस्तुत गरेको बताइन् । 

Global bank

कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरू अहिले पनि स्वतन्त्र नभएकाले यो कवितासङ्ग्रहको नाम आधा शिर उचालेर नाम राखेको बताइन् । 

कार्यक्रममा कविहरू राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए ।  
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय