site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आईसीसीद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने लगायतका (वार क्राइम) युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाएको छ ।

आईसीसीका न्यायाधीशहरूले पुटिनसहित मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो । मारिया रुसको बाल अधिकार आयुक्त हुन् ।

युक्रेनमा आक्रमणपछि युक्रेनी बालबच्चालाई गैरकानुनी रुपमा रुस लगिएको हुँदा उनलाई समेत अन्तर्राष्ट्रिय अपराधको दायरामा पक्राउ पुर्जी जारी गरिएको हो । युक्रेनमा २४ फेब्रुअरी २०२२ बाट रुसले युक्रेनमाथि हमला गरेको आईसीसीले उल्लेख गरेको छ ।

Global Ime bank

अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो । जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधीहरूकोविरुद्ध मुद्दा चलाइन्छ ।

पुटिन र रुसविरुद्ध युद्ध अपराधमा यहि फेबुअरी २२ मा मुद्दा दायर भएको थियो । यस अदालत रोम स्टेट्युटमार्फत् गठन भएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu