site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रधानमन्त्रीले लिए ठूला आयोजनाको कार्य सम्पादनको जानकारी

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डबाट सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएका छन् । शुक्रबार बोर्डका अध्यक्ष प्रचण्डले परियोजनाका विकासकर्ताहरूसँग भेट तथा अन्तरक्रिया गरेका हुन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्तरक्रियाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत् परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजना, माथिल्लो मर्स्यांङ्गदी–२ अर्धजलाशययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त, सेती नदी–६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपाल, चीन–नेपालमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केबलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई ढुक्क हुन र लगानी बोर्डको भाबी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्