site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनमोलले मागे माफी, करिअर शून्यमा झरेको स्वीकार
Tiktok banner adTiktok banner ad

काठमाडौं । नायक अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । चलचित्र ‘छड्के–२’मार्फत दर्शक निराश भएको भन्दै उनले माफी मागेका हुन् । 

“मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकलाई निराश बनाएँ । जुन दर्शकको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाईनै निराश बनाउँदा म झनै दुखी भएको छु,” अनमोल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “२.० छड्के मेरो नवौं सिनेमा थियो । नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्नेथियो । यहाँ म चुक्न पुगेँ ।” 

उनले आगामी दिनमा दर्शकलाई निराश नबनाउने पनि दाबी गरेका छन् । “यो समय पनि बितेर जान्छ । घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरूमा मल्हम लगाउनेछु ।” 

उनले आफ्नो सिने करिअर अब शून्यबाट सुरु हुने बताएका छन् । “दशौं सिनेमा दश पछिको शून्य हटेपछि बन्ने एक अर्थात आज म शून्यमा छु । मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ,” उनी अगाडि लेख्छन्, “मेरो करिअरको दोस्रो सत्रको सुरुआत मेरो अबको सिनेमाबाट हुनेछ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro