site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सन् २००५ पछि समुद्रमा प्लास्टिक प्रदूषण ‘अत्यधिक’ वृद्धि
Sarbottam CementSarbottam Cement

पेरिस । विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको एक नयाँ अध्ययनले देखाएको छ ।

महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या हो । जनावरहरू माछा मार्ने जाल जस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्छन् । वा माइक्रोप्लास्टिकहरू खान सक्छन् जुन अन्ततः मानवद्वारा उपभोग गर्ने खाद्य श्रृङ्खलामा प्रवेश गर्दछ । 

बुधबार प्रकाशित एक अनुसन्धानले विश्वका समुद्रको सतहमा अहिले अनुमानित १७० ट्रिलियन प्लास्टिकका टुक्राहरू, मुख्यतया माइक्रोप्लास्टिकहरू रहेको पत्ता लगाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“विगत १५ वर्षमा विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक स्तरमा पुगेको छ,” ओपन एक्सेस जर्नल पीएलओएस वानमा प्रकाशित अध्ययनमा भनिएको छ ।

पहिलेको अनुमानभन्दा यो मात्रा बढी थियो । समुद्रमा प्रवेश गर्ने प्लास्टिकको दर यदि यसलाई नियन्त्रण गर्न सकिएन भने आगामी दशकहरूमा धेरै गुणा बढ्न सक्ने अध्ययनले देखाएको छ ।

Global Ime bank

अनुसन्धानकर्ताहरूले सन् १९७९ देखि २०१९ सम्मको ४० वर्षको अवधिमा विश्वभरका ११ हजारभन्दा बढी स्टेसनबाट प्लास्टिकको नमूना लिएका थिए । 

तिनीहरूले १९९० सम्म कुनै प्रवृत्तिहरू फेला पारेनन्, त्यसपछि ९१९९०–२००५० को बीचमा प्रवृत्तिहरूमा उतार–चढाव आएको र प्रदूषण आकाशिएको थियो । 

“हामीले सन् २००५ पछि वास्तवमै तीव्र वृद्धि देखेका छौं । यो समयमा प्लाष्टिक उत्पादनमा तीव्र वृद्धि भएको छ र समुद्रमा प्लास्टिकको प्रवाहलाई नियन्त्रण गर्ने सीमित नीतिहरू पनि छन्,” योगदानकर्ता लेखक लिसा एर्डलले एएफपीलाई भनिन् । 

समुद्रमा प्लास्टिक प्रदूषणका स्रोतहरू असङ्ख्य छन् । जाल र बुयाजस्ता माछा मार्न प्रयोग गरिने सामानहरू प्रायः समुद्रको बीचमा लापरबाहीबस फ्याँकिन्छन् । लुगाफाटा, कार टायर र एकल–प्रयोग प्लास्टिक जस्ता चीजहरू प्रायः तटको नजिक पुगेर समुद्रलाई प्रदूषित गराउँछन् । तिनीहरू अन्ततः ‘माइक्रोप्लास्टिक्स’मा टुक्रिन्छन् । 

इकोनोमिस्ट इम्प्याक्ट र द निप्पोन फाउन्डेसनले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनअनुसार सन् २०१९ को तुलनामा सन् २०५० सम्ममा जी–२० देशहरूमा प्लास्टिकको प्रयोग लगभग दोब्बर हुनेछ र हरेक वर्ष ४५ करोड १० लाख टन पुग्नेछ । 

प्रतिवेदनअनुसार एकसय वर्ष पहिले अर्थात् सन् १९५० सम्ममा विश्वमा २० लाख टन मात्र प्लास्टिक उत्पादन भएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC