site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६ महिनाभित्र विभाग गठन प्रावधान : देउवा पालना गर्दैनन्, अरू बोल्दैनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको १४ महिना बितिसकेको छ । तर, विधानमै व्यवस्था गरिएको भातृसंस्था गठन गर्न सभापति शेरबहादुर देउवाले चासो देखाएका छैनन् ।

कांग्रेस विधान २०१७ (संशोधन सहित)को धारा ३७ (१) को (क) मा विभाग गठनसम्बन्धी व्यवस्था छ । धारा ६० अनुसार २८ केन्द्रीय विभाग ६ महिनाभित्र गठन गरिसक्नुपर्ने हुन्छ ।

“पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग÷समिति÷विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,” धारा ६० मा लेखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धारा ३७ (ख) मा ती विभागमा रहने सदस्यहरूको संख्या निर्धारण गरिएको छ । प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने व्यवस्था छ । विधानानुसार २८ विभागका संयोजक छनोट, उपप्रमुख, एक सचिव र सदस्यहरूको नियुक्ति गर्ने एकल अधिकार सभापतिलाई छ । धारा ३७ (१) (ग) मा उल्लेख छ, “केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एकजना सचिव र सदस्यहरूको नियुक्ति गर्नेछ ।”

पहिलो कार्यकालमा पनि दिएनन् चासो

Global Ime bank

सभापति देउवाको अहिले दोस्रो कार्यकाल हो । ०७२ फागुनमा भएको पार्टीको १३औँ महाधिवेशनबाट उनी पहिलोपटक सभापति बनेका थिए । पहिलो कार्यकालमा पनि विधान कार्यान्वयन खास चासो देखाएका थिएनन् ।

चारवर्षे नियमित समयसीमा सकिनुभन्दा दुई दिनअघि मात्र विभाग गठन गरेका थिए । ०७६ फागुन १७ गते उनले १३ विभाग गठन गरेका थिए । त्यसको दुई दिनपश्चात् अर्थात् फागुन १९ गते थप सात विभाग गठन गरेका थिए ।

त्यसो त पहिलो कार्यकालमा देउवाले विभागको संख्या बढाएर ४७ पुर्‍याएका थिए । केन्द्रीय कार्यसमिति बैठकमा बहुमतको बलमा एकलौटी निर्णय गर्दै २८ बाट बढाएर विभागको संख्या ४७ पुर्‍याइएको थियो । ०७६ पुस ११ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट त्यस्तो निर्णय गरिएको थियो । उक्त बैठकमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको उपस्थिति थिएन ।

तत्कालीन संस्थापनइतर समूह त्यो निर्णयको विरोधमा उत्रियो । त्यति मात्र होइन, विभाग गठनको कुनै पनि क्रियाकलापमा सहभागी भएन ।

०७८ पुस १० गते देउवाले दोस्रोपटक पार्टी सभापति चुनिएको आधिकारिक पत्र लिएर पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको १४ महिना बितिसकेको छ । अहिले केन्द्रीय समितिमा देउवाको ८२ प्रतिशत पकड छ । उनीनिकट केन्द्रीय सदस्यहरू चुइँक्क बोल्ने अवस्थामा छैनन् ।

सबै निरीह 

१४औँ महाधिवेशनबाट जोसिलो र युवा भनिएका नेताहरू केन्द्रीय नेतृत्वमा निर्वाचित भए । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ‘युवा’ विजयी भएका हुन् ।

सभापतिइतर मानिने धनराज गुरुङ उपसभापतिमा, गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा तथा सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डे इतर समूहबाट निर्वाचित भएका थिए । महाधिवेशनअघि उनीहरूले पार्टीलाई विधानसम्मत अघि बढाउने पटक–पटक उद्घोष गरेका थिए । तर, नेतृत्वमा पुगेपछि सभापतिका अगाडि निरीह बनेका छन् ।

गएको स्थानीय तह निर्वाचनपश्चात् एकपटक मात्र केन्द्रीय समितिको बैठक बसेको छ । आसन्न राष्ट्रपति निर्वाचनअघि उक्त बैठक बस्ने सम्भावना छैन ।

योबीचमा देउवाले पटक–पटक केन्द्रीय समितिको बैठक बोलाएर बस्दै नबसी स्थगित गरेका थिए । निर्वाचनको समीक्षा, तत्कालीन सत्ता गठबन्धनको असफलता, भद्रगोल बनेको संगठन र विधान कार्यान्वयनमा प्रश्न उठाइने भएपछि देउवा अहिले केन्द्रीय समिति ‘फेस’ गर्ने मुडमा देखिँदैनन् । यद्यपि, विभाग गठनका लागि केन्द्रीय कार्यसमिति बैठक आवश्यक छैन । यो सभापतिको एकल अधिकारको विषय हो ।

सहमहामन्त्री परियार ‘विधानभन्दा माथि केन्द्रीय नेतृत्व हो ?’ भनेर प्रश्न उठाइनु लोकतान्त्रिक पार्टीका लागि दुःखद भएको बताउँछन् । “विधान कार्यान्वयन किन नभएको ? विधानभन्दा माथि केन्द्रीय समिति र विशेष सभापति हो भनेर प्रश्न उठ्नु नै हाम्रो लागि राम्रो हुँदै हैन,” परियारले बाह्रखरीसँग भने, “हामी आफूलाई लोकतन्त्रको पर्यायवाचीचाहिँ भन्ने तर लोकतान्त्रिक मर्मअनुसार काम नगर्ने यो पक्ष राम्रो हैन । विधि र विधानलाई नमान्ने चरित्र नेपाली कांग्रेसको होइन, सभापतिको पनि होइन ।”

सभापतिलाई सही ‘ट्रयाक’मा हिँडाउने र हरेक गतिविधिमा खबरदारी गर्ने काम केन्द्रीय पदाधिकारी र सदस्यहरूको हो । तर, कसैले त्यतातिर ध्यान दिएको देखिँदैन ।

विधान मिचिरहँदा इतर भनिएको कोइराला समूह किन चुप भन्ने प्रश्नमा परियार आफूहरूले आवाज उठाइरहेको बताउँछन् ।

“विधानमा लेखिएको कुरा प्रस्ताव गर्ने र सभापतिलाई एकल अधिकार भएका विषयको कार्यान्वयन गर्ने अधिकार सभापतिलाई हुन्छ । हाम्रो कार्यकाल यसरी नै सकिन्छ, विधान कार्यान्वयनको काम समयमै गरौँ भनेर महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा प्रस्ताव नै पेस गर्नुभएको छ । दुर्भाग्य, प्रस्तावअनुसार काम हुन सकेको छैन,” उनले भने, “यो विषयमा पार्टी सभापतिलाई कसैले अवरोध सिर्जना गरेको छैन । उहाँ दुई कार्यकाल इलेक्टेट भएर आउनुभयो, विधानअनुसार गर्नुपर्ने काम राम्ररी थाहा हुन्छ नै । हामीले त सहयोग गर्छौँ, विधान कार्यान्वयन गरौँ भनेकै छ नि ! बरु, विधान कार्यान्वयन हुँदा आन्तरिक सन्तुलन पनि ध्यान दिनुहोस् भनेर बारम्बार उठाएका छौँ र उठाउँछौँ नै ।”

संस्थापन पक्ष भने तीन तहका निर्वाचन सम्पन्न गराउनु नै उपलब्धि भएको भन्दै विधान कार्यान्वयनलाई गौण विषयका रूपमा अर्थ्याइरहेको छ । संस्थापन पक्ष सत्तामा भाग लिएर फरक परिस्थिति निर्माण गरेर मात्र केन्द्रीय समिति बैठक बोलाउने रणनीतिमा लागेको छ ।

सभापति देउवानिकट सहमहामन्त्री फरमुल्लाह मन्सुर विभाग गठन नहुँदैमा विधान कार्यान्वयन नभएको भन्न नमिल्ने बताउँछन् ।

“विभाग गठन नभएकै आधारमा विधानभन्दा माथि सभापति भन्न मिल्दैन । किनभने, हामी १४औँ महाधिवेशनबाट निर्वाचित भएर आएपछि तीन तहका निर्वाचन गरिसकेका छौँ । विधानानुसार अन्य ठूला र महत्त्वपूर्ण कामहरू पनि गर्नुपर्ने हुन्छ, जुन अहिले हामी गरिरहेका छौँ,” मन्सुरले भने, “हामी चाँडै केन्द्रीय समिति बैठक बस्दै छौँ । उक्त बैठकपश्चात् विधान गठन र विस्तार हुन्छ ।”

भूमिका नपाएका नेता–कार्यकार्तालाई विभाग गठन गरी जिम्मेवार बनाइने उनी बताउँछन् । “धेरै साथीहरू स्थानीय तहदेखि केन्द्रीय समितिमा महाधिवेशनपश्चात् भूमिकामा हुनुहुन्छ । तीन तहका निर्वाचनमा टिकट पाएर धेरै साथीहरूले अवसर पाउनुभयो,” उनी थप्छन्, “विभागमा भूमिका र जिम्मेवारी नपाएका साथीहरूलाई हामी समेट्छौँ । उहाँहरूलाई बढीभन्दा बढी भूमिका दिन्छौँ ।” केन्द्रजस्तै प्रदेशमा पनि विभाग गठन गर्न सकिने व्यवस्था छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC