साहित्य

सानुराजा अञ्जान
तिम्रो मुटु मेरो मन्दिर साथ–साथ रह्यो
सयौँ जुनी बाँच्ने कुरा आस–आस रह्यो
उकाली ओराली धेरै यात्रा सँगैसँगै ग¥र्यौँ
नछुट्टिने सयौँ वाचाहरू खात–खात रह्यो
अँधेरोमै उजेलीको हाम्ले आशा सधैँ राख्यौँ
तिम्रो मुटु मेरो मन्दिर साथ–साथ रह्यो
आँखा आँखा इशारामा के के कुरा गरे’थ्यो
सुसेली र सुस्केराको बाँकी बात–बात रह्यो
दिन धुम्मिएको थियो, रात कालो कालो भयो
सयौँ जुनी बाँच्ने कुरा आस–आस रह्यो ।
(पशुपति देउपाटन, पाचाटोल)
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९ १०:३३
प्रतिक्रिया दिनुहोस्