site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशद्रोहको अभियोगमा कम्बोडियाका विपक्षी दलका नेतालाई २७ वर्षको सजाय
Tiktok banner adTiktok banner ad

काठमाडौं । कम्बोडियामा विपक्षी दलका नेता केम सोखालाई २७ वर्ष नजरबन्दको सुजाय सुनाइएको छ । कम्बोडियाको एक अदालतले देशद्रोहको अभियोगमा सजाय सुनाएको बीबीसीले जनाएको छ ।

उनी नेसनल रेस्क्यु पार्टीका नेता हुन् । सोखालाई चुनावी प्रक्रियाबाटसमेत वञ्चित गरिएको छ ।

उनीमाथि विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारलाई भंग गर्न खोजेको आरोपमा लागेको छ । 

कम्बोडियामा आगामी जुलाईमा आम निर्वाचन हुँदै छ ।

मानव अधिकारवादी समूह र पश्चिमा सरकारहरूले सोखालाई लगाइएको आरोपको खण्डन गरेका छन् । 

बीबीसीका अनुसार कम्बोडियाका अधिकांश अदालत प्रधानमन्त्री हुन सेनको नियन्त्रणमा छन् ।

बीबीसीबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro