site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डले भावुक हुँदै भने– बीचमा बरालिएकै हौं ... (पूर्णपाठ) 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका  नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव अस्वीकार भएपछि गठबन्धन तोडिएको खुलाएका छन् । 

बिहीबार आठ दलीय गठबन्धनको अभिमुखिकरण कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तिम संवादमा कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव राखेको र त्यो अस्वीकार भएको बताए । 

त्यस्तै प्रचण्डले बीचमा केही समय बरालिएको र अहिले एकै ठाउँ भएको बताए ।  चुनावमा जनताले दिएको मतको न्याय भएकोसमेत उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डले आफूले विश्वासको मत लिँदा ओलीले संसद् विघटनको कुरा उठाएपछि आफूले पदका लागि विचार, मूल्यमान्यताको तिलान्जली नदिने बताएको सुनाए । 

“संसद् विघटन गर्नु सही थियो कि गलत थियो भन्ने विभेद आइसकेपछि यो गठबन्धन...। मलाई प्रधानमन्त्री त बनाउनुभयो, मैले केपीजीलाई त्यो पनि भन्ने गरेको थिएँ–तपाईंलाई धन्यवाद छ,” प्रचण्डले बैठकमा भने,“मलाई प्रधानमन्त्री बनाइदिनुभयो । तर म प्रधानमन्त्रीका निम्ति आफ्नो राजनीतिक विचार, मूल्य, मान्यतालाई तिलाञ्जली दिन सक्दिन । मेरा लागि विचार, राजनीति, संविधान र गणतन्त्र मूल कुरा हो भनेर प्रष्ट भनेको थिएँ ।”

Global Ime bank

यस्तो छ बैठकमा प्रचण्डले गरेको सम्बोधन 
हामीले आठ दल भनेका छौं । वास्तवमा संसद्मा भएका र निर्वाचन आयोगमा दर्ता भएका १० दलभन्दा बढीको समर्थन रामचन्द्रजीलाई छ । 

प्रतिनिधि सभामा २ र प्रदेशसभमा २ सांसद रहेको नेपाल समाजवादी पार्टीको समर्थन रामचन्द्रजीलाई छ । 

तराई केन्द्रित आम पार्टीको पनि समर्थन छ । यसरी १० भन्दा बढी र स्वतन्त्र सांसदको समर्थन रहेको जानकारी गराउँछु ।

नेपालको राजनीतिक उतारचढाव र तरंगहरु आफ्नै मौलिक र विशेषतामा तरंगित हुने गरेको छ । 

मैले एउटा पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जेजस्तो भूमिका खेले सबै मान्य सदस्य र नेता साथीहरुलाई राम्रोसँग थाहा छ । 
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्दैगर्दा नेपालका राजनीतिक दल र तमाम मान्य सदस्यहरुको विचार र भावना एउटा राष्ट्रिय सहमतिको रुपमा व्यक्त भयो । राष्ट्रिय एकताको नयाँ उचाइमा व्यक्त भयो । 

मैले त्यतिबेलमा नै भनेको थिएँ, आउने दिनमा राष्ट्रपति, उपराष्ट्रपति वा अन्य तटस्थ पदमा राष्ट्रिय सहमति गर्न उचित हुन्छ भनेर संकल्प त्यतिबेलै गरेको थिएँ । 

त्यसपछि मैले लगातार राष्ट्रिय समझदारीबाट अघि बढ्न आवश्यक छ भन्ने स्टेटमेन्ट दिँदै आएँ । 

त्यसका निम्ति संसद्मा भएका र प्रतिनिधिसभाको विश्वासको मत दिएका दलहरुको सर्वदलीय बैठक बालुवाटारमा बोलाएँ । त्यहा पनि मैले राष्ट्रिय सहमतिको आवश्यकता छ भनेको थिएँ । 

मेरो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जुन अन्तिम संवाद गर्दै थियौं त्यो संवादमा मैले थोरै जोड, केपीजी देश अहिले अफ्ठ्यारोमा छ । अर्थतन्त्र, राजनीतिक स्थिति, राष्ट्र र भूराजनीतिक स्थितिले देखा परेका थुपै्र चुनौतीहरु राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताका सन्दर्भमा देखा परेका समस्याहरु, सुशासनमा देखा परेका समस्याहरु सन्दर्भमा तपाईं र म जाऔं र नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईंहरु उठाउनुस्, हाम्रो समर्थन हुन्छ भनौं भन्ने प्रस्ताव राखेको थिएँ । 

यसले देखा परेका चुनौती सामना गर्न राष्ट्रिय एकताको वातावरण बन्न सक्दछ । 

हामीले गएर नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईंहरुको जिम्मा भनिदियौं भने त्यसले आम जनतामा संप्रेशित सन्देश आफैंमा शक्तिशाली हुनेछ । 

त्यो सन्देशले प्रतिगमनतिर जान चाहने शान्ति र संविधानमा विभिन्न खाले कसरत गर्न चाहने तत्वहरुलाई एउटा यस्तो खालको म्यासेज हुनेछ, उनीहरु त्यहाँबाट अघि बढ्न सक्ने अवस्था हुनेछैन भनेको थिएँ । 

दुर्भाग्य भनौं उहाँ त्यसमा सहमत हुनुभएन । उहाँले नेपाली कांग्रेसलाई कुनै हालतमा समर्थन गर्न नसक्ने भनेपछि त्यही बिन्दुबाट नै हामी औपचारिक ढंगले दुई ठाउँमा बन्यौं । 

यद्यपी, विश्वासको मत लिँदा नै संसद् विघटन सही कि गलत भन्ने प्रश्न उहाँले उठाइदिइसकेपछि हामी गठबन्धनमा थियौं । 

सैद्धान्तिक, राजनीतिक सांस्कृतिक, संवैधानिक धरालतमा टेकेर हामी गठबन्धनमा थियौं । हामी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, लोकतन्त्रको रक्षा, राष्ट्रिय एकताको रक्षा, शान्ति प्रक्रियाको समग्र हितको निम्ति एक भएको हो । 

त्यतिबेला चोचोमोचो मिलाएर सरकार बनाउन मात्रै गठबन्धन बनेको थिएन । 

पटक–पटक संविधान मिचेर लोकतान्त्रिक मूल्य मान्यतामाथि घात गरेर संसद् विघटनको दुष्प्रयासका विरुद्ध संघर्षको आवश्यकताबारे हामी एक ठाउँमा थियौं । 
 

आज फेरि त्यही स्थिति विश्वासको मतकै दिन देखा परेको हो । 
 

संसद् विघटन गर्नु सहि थियो कि गलत थियो भन्ने विभेद आइसकेपछि यो गठबन्धन...। मलाई प्रधानमन्त्री त बनाउनुभयो ,मैले केपीजीलाई त्यो पनि भन्ने गरेको थिएँ –तपाईंलाई धन्यवाद छ, मलाई प्रधानमन्त्री बनाइदिनुभयो । तर म प्रधानमन्त्रीका निम्ति आफ्नो राजनीतिक विचार, मूल्य,मान्यतालाई तिलाञ्जली दिन सक्दिन । मेरा लागि विचार, राजनीति, संविधान र गणतन्त्र मूल कुरा हो भनेर प्रष्ट भनेको थिएँ । 
 

पहिले पनि र अहिले पनि विचार, राजनीति देशको हित, संविधान, शान्तिको हित, शुसासन, विकास र समृद्धिप्रति समर्पित हुने नै हाम्रो प्राथमिकता हो । 
 

यस सन्दर्भमा तीतो अनुभव विगतमा भएका छन् । 
 

संविधानको संरक्षक, राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने भनेर हाम्रो संविधानले राष्ट्रपतिलाई त्यो रुपमा परिभाषित गरेको छ । तर,पटक पटक त्यो पदको गरिमा, संविधानको मर्म र भावना गतिविधि गर्ने घटनाक्रम व्यहोर्यौंं । 

मलाई विश्वास छ अहिले १० दलका साझा उमेदवारको रुपमा (११ पनि हुन सक्छ) रामचन्द्र पौडेलजीलाई अघि सारेका छौं । 

राष्ट्रिय एकताको प्रवर्द्धनमा, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणमा, सुशासन र समृद्धिको यात्रामा रामचन्द्र पौडेलजीले आफ्नो भूमिकालाई...। हुन त उहाँले जेल नेलको सबै भोग्नुभएको छ । 

निर्वाचनअघि हामी सबै एकै ठाउँमा थियौं ।  मैले म भन्ने गरेको छु । कांग्रेसभित्र माओवादी छ । माओवादीभित्र कांग्रेस छ । कांग्रेसभित्र समाजवादी छ । 

सबै पार्टीभित्र एकअर्कामा हामी सबै छौं । हामीले पाएको मत सिंगै कसैको पनि होइन् । हामी सबैको साझा हो । 
 

बीचमा अलिकति बरालिएकै हौँ । अहिले त्यही ठाउँमा आएर बसेको छौं । मलाई लाग्छ अहिले जनता पनि खुसी छन् ।

आफूले हालेको भोट खेर गएन भनेर के होला के होला भन्ने थियो । ठिकै ठाउँमा हालिएको रहेछ भन्ने परेको छ । 
 

त्यतिबेला रामचन्द्रजी प्रधानमन्त्रीको उमेदवार भनेको थिएँ । आज राष्ट्रपतिको उमेदवार बनाउने भूमिका खेल्न पाएँ मलाई गर्व लागेको छ । उहाँले राम्रोसँग भूमिका निर्वाह गर्नुहुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC