site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
समस्या ‘बुझ्दै’मा सकियो अर्थमन्त्री विष्णु पौडेलको तेस्रो कार्यकाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थतन्त्रको समस्या बुझ्दैमा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको तेस्रो कार्यकाल सकिएको छ ।

राष्ट्रपतिको निर्वाचनसँगै बदलिएको समीकरणले पौडेलको अर्थमन्त्रीको रुपमा तेस्रो कार्यकाल अर्थतन्त्रको समस्या बुझ्दा बुझ्दै सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट दबाब आएको भन्दै पौडेलले आजै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा एमालेको सचिवालय बैठकपछि उनले यस्तो बताएका हुन् ।

पुस ११ गते तेस्रो कार्यकालको रुपमा अर्थमन्त्रालयको जिम्मेवारी लिएका पौडेल सांकेतिक रुपमा भए पनि अर्थतन्त्रको समस्या समाधान गर्न लागेको सन्देश दिएका थिए । 

Global Ime bank

अर्थमन्त्रीको रुपमा पौडेल नियुक्त हुने सकारात्मक प्रभाव नै सेयर बजारमा परेको थियो ।  पौडेल नियुक्त हुनु अगाडि १९ सय अंकभन्दा तल रहेको नेप्से परिसूचक २ हजारभन्दा माथि गयो । 

अर्थमन्त्रीको सफलता सेयर बजारमा पर्ने सकारात्मक प्रभाव मात्र कारण नभए पनि एउटा आधार भने हो । 

लगानीकर्ताले पौडेललाई रुचाउनुको अर्थ उनको छवि निजीक्षेत्र मैत्रीको रुपमा चिनिएको भने हो ।  सेयर बजार घटेको बेला लगानीकर्तालाई पौडेल आएपछि मनोबल बढ्नु एक किसिमको सकारात्मक सन्देश भने थियो ।

पौडेल अर्थमन्त्रीको रुपमा आएपछि केन्द्रीय बैंकसँग बिग्रेको सम्बन्धमा पनि केही सुधार चाहिँ भएको थियो ।

एमालेको समर्थनमा पुष्पकमल दाहाल‘प्रचण्ड’प्रधानमन्त्री बनेपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एक किसिमको ‘यू र्टन’नै भए । 

व्यवसायीले मुख्य रुपमा राखेको चालु पुँजी कर्जालाई तत्काल स्थगत गरेर चरणअनुसार लागू गर्ने माग गभर्नर अधिकारीले पौडेल अर्थमन्त्री बन्नु अगाडि सुन्नसमेत चाहेका थिएनन् । 

पौडेल अर्थमन्त्री बनेपछि गभर्नर अधिकारीले यसलाई समय दिएर लागू गर्ने निर्णय लिए । जसले केही मात्रामा भए पनि व्यापार नभएर समस्यामा परेको व्यवसायीलाई राहत दिएको छ । 

अर्थमन्त्री पौडेलले बजेटको मध्यावधि समीक्षामार्फत् अनावश्यक रुपमा ल्याइएको आकार घटाए ।  ठूलो आकार तथा कार्यान्वयन गर्न नसक्ने बजेटको बोझ नराख्ने निर्णय अहिलेको स्थितिमा ठिक थियो । 

पछिल्लो डेढ वर्षमा अर्थ मन्त्रालय अर्थकै क्याडर नै नभएको मन्त्रालयको रुपमा चिनिएको थियो ।  त्यसलाई फर्काएर अर्थका ‘क्याडर’लाई नै जिम्मा दिने निर्णय पौडेलले लिएका थिए । 

अर्थतन्त्रको समस्या बुझ्ने प्रयास गरे पनि तीन महिनाको कार्यकालमा अर्थतन्त्रमा देखिएको संरचनात्मक सुधारमा भने पहल खासै थालेका थिएनन् । 

पौडेलले तीन महिनामा यद्यपी चाहेरमात्र केही हुने भने थिएन । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल पौडेलले अर्थमन्त्रीको रुपमा निजी क्षेत्रको समस्यालाई सुन्ने प्रयास गरेको बताउँछन् । 

“अहिलेको स्थिति हेर्दा सरकार परिवर्तन भएर मन्त्रीहरू परिवर्तन हुने देखिएको छ,” अग्रवालले बाह्रखरीसँग भने, “मन्त्रीहरुलाई समस्या अवगत गराउँदा नै मन्त्रीहरु फेरिने अवस्था सिर्जना भयो, यसले अर्थतन्त्रमा समस्या झनै देखिने भएको छ ।”

अग्रवाल पौडेलले तीन महिनाको समयमा भने राष्ट्र बैंकसँगको सम्बन्धमा भने सुधार ल्याएको बताउँछन् । 

“अर्थतन्त्रमा पछिल्लो समय मन्त्रालय र केन्द्रीय बैंकबीच समन्वयन नहुँदा समस्या देखिएको छ,” अग्रवालले थपे, “अहिलेको अर्थमन्त्रीको समयमा सम्बन्धमा सुधार भएको देखिएको थियो ।”

व्यवसायीहरुले अर्थमन्त्री पौडेलको पहलमा भएको चालु पुँजी कर्जाको संशोधनले बढी राहत दिएको बताउँछन् । 

सामान्य किसिमका मात्र सुधार भए पनि अर्थमन्त्री पौडेलको कुरा सुन्ने र समस्यालाई गम्भीरताका साथ लिने बानीले निजी क्षेत्रको आत्मविश्वास भने बढाएको बुझाई व्यवसायीको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC