site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा कविता वाचन सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर रातोघर फाउन्डेसनले नेपालका विविध भाषाका कविहरूबाट कविता वाचन सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित कवि कलाकार आ–आफ्नो परम्परागत भेषभूषामा सहभागी भएका थिए ।

उपत्यकाको उत्तरी भेग बूढानीलकण्ठ नगरपालिका वडा नं १ स्थित तौलुङ चौतारा स्थानीय सामुदायिक भवनमा सञ्चालित कार्यक्रममा खारुमी राईले बान्तवा भाषामा, भूमिका थारूले थारू भाषामा, बुङातुङ चाम्लिङले चाम्लिङ भाषामा, राकेश बुढा मगरले मगर भाषामा, हेमन्ती केवरतले केवरत भाषामा, शोभा सुनुवारले सुनुवार भाषामा, अनिता लामा र फुलकुमार बम्जनले तामाङ भाषामा, इन्द्रमान महर्जन प्रशान्त डङ्गोल र लक्ष्मी मालीले नेपाल भाषामा, विना थिङ तामाङ, गीता त्रिपाठी र आर. एम. डङ्गोलले खस नेपाली भाषामा कविता वाचन गरेका थिए । 

कार्यक्रममा कवि स्नेह सायमिले नेपाल भाषा र नेपालीमा अनुवादसहित कविता वाचन गरेका थिए । 

वडाध्यक्ष सुरेन्द्र लामालगायतका वक्ताहरूले बोलेको उक्त कार्यक्रममा विभिन्न भाषाका सांस्कृतिक गायन, वाद्यवादन र नृत्यसमेत प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्