site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपेन्द्रको चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्माको प्रवेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्माको प्रवेश भएको छ । निर्माण पक्षले साम्राज्ञी र कर्मासँग सोमबार कागजी संझौता गरेको हो । 

साम्राज्ञी र कर्माले पहिलो पटक सँगै काम गर्न लागेका हुन् । यो चलचित्रमा दयाहाङ राई र नायिका मिरुना मगर यसअघि नै फाइनल भइसकेका छन् ।  निर्माण पक्षले कलाकारको लाइनअप पूरा भएको जनाएको छ । 

आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङलगायत कलाकार पनि अनुबन्ध भइसकेका छन् । चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । चलचित्र काभ्रेमा खिचिनेछ ।  ‘नांगो गाउँ’मा हिमाल शर्माको लगानी छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro