कला

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फूलबारी’ले स्थिर व्यापार गरिरहेको छ । गत शुक्रबारबाट रिलिजमा आएको चलचित्रले सुरुका दिनकै तुलनामा शोज पाइरहेको छ ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा यो सिनेमाले आज ३९ शोज पाएको छ । अन्य हलमा पनि यो चलचित्रले राम्रो शोज पाएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा विपीन कार्की, अरुणा कार्की, सोमनाथ खनाल, दयाहाङ राई, प्रियंका कार्की, अनुपम शर्मा, मनिष ढकाललगायत छन् ।
चलचित्रको निर्माता पनि मनिष स्वयं हुन् । संवाद र सिनेमेटोग्राफी राम्रो रहेको चलचित्रले औसत समीक्षा पाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ ०७:३६
प्रतिक्रिया दिनुहोस्