site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को हुन् पक्राउ परेका सुवास रेग्मी ? के कारण परे पक्राउ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । केही समय अगाडि गीतकार महेश आचार्यले रोयल्टी संकलन तथा वितरणमा अनियमितता भइरहेको सार्वजनिक रूपमा बताए पछि विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीले उनलाई सामाजिक सञ्जालमा छुद्र शब्द प्रयोग गर्दै गाली गरे । सुवासले सामाजिक सञ्जालमा आइन्दा यसैगरी उनकै शब्दमा ‘भुक्दै’ नहिँड्न चेतावनी पनि दिए । 

त्यसपछि महेश पुगे साइबर ब्युरो । साइबर अपराध गरेको भन्दै उनले सुवासविरुद्ध उजुरी दिए । त्यही उजुरीका आधारमा प्रहरीले सुवासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ ग¥यो । थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । 

महेश गीतकार संघका सचिव पनि हुन् । उनी आवद्ध संघले सुवासलाई गरेको उक्त गालीगलौजप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो । 

gitkar1676899559.JPG

सुवासविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सुवास सामाजिक सञ्जालमा आफूलाई मन नपरेका व्यक्तिमाथि निकृष्ठ रूपमा खनिने गरेको आरोप उनीमाथि छ ।

उदाहरणका रूपमा गायक प्रमोद खरेलसँगको प्रसंग उल्लेख गर्न सकिन्छ । केही समय अगाडि प्रमोद खरेल दाङमा दुर्घटनामा परे । सो सम्बन्धी समाचार संचारमाध्यममा आयो । त्यसमा सुवासले कमेन्ट गर्दै खरेललाई गाली गलौज गरेका थिए ।

सामाजिक सञ्जालमा सुवासको छुद्र कमेन्ट र स्टाटस यतिमै रोकिँदैन । जसले प्रतिलिपि अधिकारको मुद्दा उठाउँछ, ऊ विरुद्ध सुवासले गाली गर्न छोडेनन् । 
त्यसमा गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई पनि बाँकी राखेनन् ।

सुवास अहिलेमात्रै होइन लामो समयदेखि नै विभिन्न कलाकारविरुद्ध गालीगलौज गर्ने काममा सक्रिय रहेको पाइएको छ । 

उनलाई वि.सं. २०६७ सालमा नै नेपाल संगीत उद्योग संघले सुवासलाई आफ्नो संस्थाको साधारण सदस्यबाट समेत कारबाही गर्दै सदस्यता खारेज गरिदिएको थियो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई सार्वजनिक अपराध ऐन २०२७ को दफा २ (ञ) अनुसार कसुर गरेको ठहर गर्दै एक हजार जरिवाना गरेको थियो । 

 

sangeet1676899560.JPG

यो पनि हेर्नूस् 

jipraka1676899560.JPG

5711676899558.JPG

5721676899558.JPG

5731676899559.JPG

२०७७ पुस १३ गते महानगरीय प्रहरी परिसर टेकुमा ५७ जना सर्जक तथा स्रस्टाले सुवासलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै संयुक्त निवेदन दिएका थिए । 

गायक प्रमोद खरेलले सम्झौताअनुसार आफ्नो सिर्जना र्फिता गर्न माग गर्दा उल्टै गालीगलौज गरेको भन्दै कारबाही गर्न निवेदकहरूको माग थियो । 

यो निवेदन दिँदा ५७ जना सर्जक तथा स्रस्टाको उपस्थिति थियो । त्यसैले सुवासले ‘५७ भुस्याहा... भन्दै’ गालीगलौज गर्ने गरेका छन् । 

यो निवेदनपछि उनी फरार भए पछि उनकी श्रीमतीसमेत रहेकी लिना शर्मा रेग्मी पक्राउ परेकी थिइन् । तर, केही समय पछि उनी धरौटीमा रिहा भएकी थिइन् ।  

“उनले गाली गर्न कसैलाई छोडेनन्, त्यसैले हामी रिसाउनु पर्ने अवस्था आएको हो,” प्रतिलिपि अधिकारका अभियान्ता लक्ष्मण शेष भन्छन्, “पछिल्लो समय त उनले नारायणगोपाल र भक्तराज आचार्यसमेतलाई गाली गर्न बाँकी छोडेनन् ।” 

पुराना पुस्तादेखि नयाँ पुस्तालाई समेत गाली गर्ने र हतोत्साही बनाउने काम उनले गरेको लक्ष्मणको भनाइ छ । सुवासले नारायणगोपाल र भक्तराज आचार्यलाई पनि अपशब्द प्रयोग गर्दै गाली गरेका छन् । 

“अबको दिनमा यस्तो दुस्साहस कसैले नगरोस् भनेर हामीले उनीविरुद्ध कारबाहीको माग गरेका हौँ,” लक्ष्मण भन्छन्, “महेश एक्लैको उजुरी भए पनि वास्तवमा हामी ५७ जनाकै निवेदन हो यो । पछिल्लो समय महेशलाई गाली गरेको हुनाले उहाँले उजुरी दिनु भएको हो ।”

आफ्नो जिन्दगी नै संगीतमा बिताएका व्यक्तिलाई सम्मान गर्नुको सट्टा उल्टै गाली गलौज गर्ने र नयाँ पुस्तालाई हतोत्साही गर्ने व्यक्ति जो सुकै भए पनि कारबाही हुनु पर्नेमा उनको जोड छ ।  
  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro