site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–६, आम्डालीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ट्याक्टर चालक स्याङ्जाकै चापाकोट नगरपालिका–२, धुर्कोटका ३२ वर्षीय नवीन सुनार र परिचालक वालिङ–८, मिर्दिका १४ वर्षीय सोविन विकको मृत्यु भएको हो ।

दुर्घटनापछि सुनारलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । परिचालक विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग१त ६८८६ नम्बरको ट्याक्टर हिजो बेलुका करिब ८ बजे सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro