site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन प्रज्ञा–प्रतिष्ठानका कुलपतिले लिए शपथ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शपथ लिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro