site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत झन्डै दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

सार्वजनिक भएको ‘आराध्या’ मा ब्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबु आमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बाबु आमाले आफ्नो छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैँले आफैँलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्ने निर्देशक ज्ञवाली बताउँछन् ।

अभिभावकहरु पेशा ब्यवसायमा संलग्न भएको हरेक सहरीया परिवारको कथा सर्ट फिल्मले देखाएको र उनीहरुलाई सोच्न बाध्य पारेको निर्देशक ज्ञवालीले बताए । फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् ।

Global Ime bank

सर्ट फिल्ममा चर्चित अभिनेता आमिर गौतमले बुवाको र अभिनेत्री सुरविना कार्कीले आमाको अभिनय गरेका छन् भने बाल कलाकार द्रोस्टी शाहले छोरीको भुमिकामा खेलेकी छिन् । त्यसैगरी सफु बुढाथोकी, नारायण कंडेल, प्रान्जल पौडेल, सृष्टि भुषाल लगायतका कलाकारको अभिनय पनि सर्ट फिल्ममा देख्न सकिन्छ । यसअघि यो फिल्मको गीत “मिठी पापा” र टिजर सार्वजनिक भएका थिए । पत्रकार जीवन भण्डारीले लेखेको गीतमा बाल गायीका आरसी शाहको स्वर रहेको छ । 

एक हप्ता भन्दा धेरै समय लगाएर काठमाडौं आसपासमा खिचिएको यो सर्ट फिल्म केहि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी गराउँदा नेपालमा सार्वजनिक गर्न ढिला भएको निर्देशक ज्ञवालीले जानकारी दिए । इन्जिनियर सन्जित कुमार शाहको लगानी, बिशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए । फिल्मलाई नहकुल खड्काले सम्पादन र संकल्प भुजेलले खिचेका हुन् । सर्ट फिल्ममा निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउण्ड म्युजिक रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC