site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बहाव’को फर्स्टलुकमा अभिनेत्री सुरक्षा  
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘बहाव’को फर्स्टलुक सार्वजनिक भएको छ । चलचित्रको फर्स्टलुकमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएकी छन् । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देखिन्छ ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको चलचित्रको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ हो । 

विभिन्न उतारचढावबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई सन्तुलित रुपमा अगाडि बढाउन गरिने प्रयास नै चलचित्रको मुख्य कथा हो । 

चलचित्रको निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि ‘गोपी’ निर्माण गरेका थिए । जसबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त गरेका थिए । उनले आफ्नो स्वन्त्रता आफैमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको जनाए ।

चलचित्रमा सुरक्षा र कमलमणिसँगै अफरान अली, सूर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति चलचित्र आगामी चैत २४ गतेबाट रिलिज हुँदै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro