site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शंकरबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

ट्याक्टरको ‘ब्रेक फेल’ भई बाटोबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro