कला

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक टिजरमा सन्तान जन्माउन नसक्दा महिलाले भोग्ने पीडा देखाइएको छ ।
सन्तान जन्माउन नसक्दा महिलालाई दोषी ठान्ने समाजको कथा यो चलचित्रको मुख्य कथानक हो । र, अभिनेत्री सुरक्षा पन्त उक्त भूमिकामा छिन् ।
सुरक्षासँगै मुख्य भूमिकामा नरेन खड्का र बिराज बिष्टको मुख्य भूमिकामा छन् ।
चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । वैशाखको १ गतेबाट यो चलचित्र ‘बुलाबी’ रिलिज हुँदै छ ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ ०८:२३
प्रतिक्रिया दिनुहोस्