site stats
बाह्रखरी :: Baahrakhari
देश
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
टर्कीबाट नेपाली विद्यार्थी भन्छन्– अहिले चाहेर पनि नेपाल आउन सक्दैनौँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परेर अहिलेसम्म १५ हजार बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँ सयौँको संख्यामा नेपाली पनि रहेको बताइएको छ । तर नेपाली भने अहिलेसम्म सबै सुरक्षित रहेको बताइएको छ ।

त्यहाँ रहेका एकजना विद्यार्थीले बाह्रखरीसँगको कुराकानीमा त्यहाँको अवस्थाका बारेमा बताएका छन् ।

Agni Group

बारा सिमरा घर भएका १९ वर्षका शकिल शेखले आफूहरु अहिले सुरक्षित अवस्थामा रहेको र चाहेर पनि नेपाल फर्किने अवस्था नरहेको बताए ।

उनले त्यहाँका विमानस्थल पनि राम्रोसँग सुचारु नभएको र भूकम्प गएको क्षेत्रबाट बाहिर निस्कने अवस्था नै नभएको बताए ।

Global Ime bank

यस्तो छ उनले बाह्रखरीसँग गरेको कुराकानी

टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गयो ।

त्यतिबेला हामी स्कुलमै थियौँ । त्यसपछि हतार हतार निस्कियौँ । बाहिर हिउँ परिरहेको थियो । मान्छेहरु खाली खुट्टा अत्तालिँदै दौडिरहेका थिए, हामी पनि त्यही अवस्थामा थियौँ ।

आफ्ना महत्वपूर्ण कागजात र अत्यावश्यक सामग्री लिएर हामी पनि त्यहाँबाट निस्कियौँ । सुरुमा हामीलाई सेफ सेल्टर म्युजियममा लगिएको थियो । 

पहिले बसेको ठाउँमा यहाँका अरु मानिसहरु पनि आए । बस्ने ठाउँ पुगेन । बस्ने ठाउँमात्रै होइन खानेकुरा पनि पुगेन ।
त्यसपछि हामीलाई अर्को स्थानमा सारियो । एक होस्टलमा । अहिले हामी पनि यही होस्टलमा बसेका छौँ । 

हामीले अहिले समयमै खाना खान पाएका छौँ, त्यही ठुलो कुरा भएको छ । 

यहाँका मान्छेहरु सबै सुरक्षित सहरतिर गइरहेका छन् । यहाँको सरकारले सकेको सहयोग गरेको छ । हामी–हामी मिलेर एक अर्कालाई सहयोग पनि गरिरहेका छौँ । 

सबै गाडीहरु भरिभाराउ छन् । उडान हुन सकेको छैन । नेपाल आउछौँ भनेर के गर्नु । भूकम्प आएकै ठाउँबाट सुरक्षित स्थानसम्म जान सकिने अवस्था नै छैन । 

मेरो घर बाराको सिमरा हो । बसेको ठाउँमा मोबाइल चार्ज गर्न पाइन्छ, इन्टरनेट पनि छ । त्यसैले परिवारको सम्पर्कमै छु । दैनिक परिवारसँग कुरा भइरहेको छ । अहिले हामी धेरै सहज अवस्थामा छौँजस्तो लाग्छ । किनकि भूकम्प गएको बेला धेरै अत्तालिएका थियौँ । 

म २०१७ मा एसएलसी पास हुनुअघि नै टर्की पुगेको थिएँ । म गाजियान्टेप विश्वविद्यालयमा इन्जिनियरिङ दोस्रो सेमेस्टरमा अध्ययन गरिरहेको छु । 

चिनजानका अरु साथीहरु अर्कै सहरमा छन् । उनीहरुसँग पनि सम्पर्क भइरहेको छ, उनीहरुले पनि आफूहरु सुरक्षित रहेको जानकारी गराएका छन् । 

अहिले भूकम्पको नयाँ पराकम्प गएको छैन । दुई दिनदेखि यत्तिकै बसिरहेका छौँ । सेटलमेन्ट भएका मानिसहरुलाई सुरक्षित स्थानतर्फ लगिँदैछ । अस्पताल लैजाने क्रम पनि जारी छ ।

यहाँ हामी बसेको होस्टलमा दुई सय जति परिवार र विद्यार्थी छौँ । बुधबारदेखि त हिँउ पर्न रोकिएको छ तर पनि बाहिर जान सकिन्न । बाहिर धेरै चिसो छ । 

अहिले हामी चाहेर पनि नेपाल आउन सक्दैनौँ । सबै ठिक भएपछि आउनुको कुनै कारण पनि हुँदैन । पहिले अध्ययन सकिनुपर्‍यो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu